१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

विवादमा पोखरा रंगशालाको जिमहल

अख्तियारको छानबिन क्रममै रहेको पोखरा रंगशालाको जिमहलमा फुटपाथ बन्द हुने गरी थप संरचना निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४३:oo

पोखरा रंगशाला परिसरमा सञ्चालित जिमहलको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहँदा फुटपाथ बन्द हुने गरी थप संरचना बनाउँदा सम्बन्धित सबै निकाय मौन बसेका छन् ।

जिमहलसँगै जोडिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख र कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्षका कार्यालय छन् । परिसरभित्रै प्रदेश खेलकुद परिषद् गण्डकीको कार्यालयसमेत छ । परिसरमा खेलकुदका प्रमुख तीनवटा निकाय हुँदा पनि अवरोध हुने गरी संरचना निर्माण हुँदासमेत पदाधिकारीले खासै प्रतिक्रिया दिएका छैनन् । 

नियमविपरीत निजी संस्थालाई जिमहल सञ्चालनका लागि भवन र जग्गा भाडामा दिएको सम्बन्धमा गत २२ साउनमा नयाँ पत्रिकाले समाचार प्रकाशन गरेपछि अख्तियारले छानबिन सुरु गरेको थियो । अख्तियारले गत भदौमा जिमहल सञ्चालन र भवन भाडामा दिएको सम्बन्धमा जिल्ला खेलकुद विकास समिति कास्कीसँगै सञ्चालकलाई पत्र पठाएको थियो । जिम सञ्चालकले भवनको बाहिर एक भागमा डेढ मिटर छानोसँगै फुटपाथमा हिँड्न नमिल्ने गरी जाली राखेका छन् । अर्को साइडमा छाना राखिएको छ । 

समिति कास्कीका अध्यक्ष तोरण बानियाँले राखेपअन्तर्गत समिति हुँदा भाडामा दिएको बताए । अहिलेसम्म समितिले भाडामा दिएबापतको रकम लिएको छैन । बानियाँले भाडामा लिने–दिने सम्बन्धमा वैधानिक कागजपत्र कार्यालयमा नभेटेको बताए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मण योगीलाई आफूहरूलाई थाहा नभएको जानकारी दिए । जिम सञ्चालक नुना गुरुङले सम्झौताअनुसार थप संरचना निर्माण भएको जानकारी दिए । हलभित्रका सामान हराएकाले जाली लगाउनुपरेको उनको भनाइ छ । उनले फुटपाथ बन्द हुने गरी संरचना नबनाएको दाबी गरेका छन् । ‘हिँड्ने बाटो कहाँ रोकिएको छ ?’ उनले प्रतिप्रश्न गर्दै भने । 

ad
ad