१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o७:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वीरगन्जमा दसैँलक्षित रात्रिबजार लाग्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:३५:oo

दसैँलाई लक्षित गरी वीरगन्जमा पाँचदिने ‘रात्रिबजार’ लाग्ने भएको छ । वीरगन्ज महानगरपालिकाको आयोजनामा घटस्थापनाबाट पाँच दिन ‘रात्रिबजार’ लगाउने तयारी गरिएको महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए ।

आदर्शनगरस्थित पुरानो बसपार्कमा सुरु हुने ‘रात्रिबजार’ २ कात्तिकसम्म चल्नेछ । रात्रिबजारमा भारतबाट प्रवेश गर्ने वीरगन्जस्थित मुख्य नाका पाँच दिनका लागि राति १२ बजेसम्म खुला रहने उनले बताए । भारतीय पर्यटक भिœयाउन वीरगन्ज नाका रातको १२ बजेसम्म खुला रहने मेयर सिंहले बताए । 

सामान्यतया नेपाल–भारत सीमानाका राति १० देखि बिहान ५ बजेसम्म दुवैतर्फ बन्द हुने गर्छ । तर, रात्रिबजार लाग्ने पाँच दिन नाका राति १२ बजेसम्म खुला राख्न महानगरले नेपाल र भारत दुवै देशका सीमावर्ती सुरक्षा निकायसँग सहमति लिइसकेको छ ।

दुई महिना मौसम अनुकूल नभएपछि रोकिएको दुईदिने रात्रिबजार यसपटक पाँचदिने लगाउन थालिएको मेयर सिंहले बताए । ‘रात्रिबजार’मा सर्वसाधारणलाई सहज हुने गरी सहुलियत पसलसमेत सञ्चालन गर्ने महानगरले जनाएको छ ।

ad
ad