१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

समाचार प्रभाव : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले फिर्ता गर्‍यो कुहिएको चामल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o५:oo

नाम्खा गाउँपालिका– ५ को मुचु गाउँमा बिक्री भएको कुहिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले फिर्ता गरेको छ । असोज ९ गते नयाँ पत्रिका राष्ट्रिय दैनिक अनलाइनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट कुहिएको चामल बिक्री भन्ने समाचार प्रकाशित भएपछि फिर्ता भएको हो । 

३२ बोरा कुहिएको चामल नाम्खा  गाउँपालिका उपाध्यक्ष तक्दिर लामा र खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाका सुब्बा  नवीन आचार्यको  रोहवरमा फिर्ता भएको नाम्खा गाउँपालिका– ५ का सम्पा रिन्जिङ तामाङले जानकारी दिए। 

कुहिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले फिर्ता गरेर नयाँ चामल दिनेको तामाङले बताए । ‘अब गाउँपालिका केन्द्र याल्वाङमा आएर  राम्रो चामल लिन खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुब्बाले भन्नुभएको छ,’ तामाङले भने । 

मुचुको तुम्कोट खोला तर्न क्रममा टिपरवालाले भिजाएपछि यस्तो समस्या भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाका सुब्बा नवीन आचार्यले बताए । मुचु गाउँमा ६ सय ६४ बोरा चामल बिक्री भएको थियो ।   ३२ बोरा पानीले भिजेर बिग्रेको चामल फिर्ता गरिसकेको  शाखाका सुब्बा आचार्यले बताए । 

 नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामाको रोहवरमा ३२ बोरा कुहिएको फिर्ता गरेर नयाँ चामल लिन गाउँपालिका केन्द्र याल्वाङ आउन भनेको सुब्बा आचार्यले नयाँ पत्रिकासँग भने । ‘अरू चामल बिग्रेको छैन, तुम्कोट खोला तार्दा टिपरवालाले भिजाएको रहेछ, त्यो चामल बिग्रेको छ,’ उनले भने ।    

ad
ad