१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १o:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मोबाइल बैंकिङको सुरुवात कहिले भएको थियो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:३४:oo

विश्वमा पहिलोपटक सन् १९९९ मा युरोपियन बैंकले मोबाइल बैंकिङको सुरुवात गरेका थिए । त्यसको पाँच वर्षमै अर्थात् सन् २००४ मा नेपालमा पनि मोबाइल बैंकिङ सेवाको सुरुवात भएको छ । तत्कालीन लक्ष्मी बैंक (हाल लक्ष्मी सन्राइज)ले पहिलोपटक यस्तो सेवा सुरु गरेको थियो । तत्कालीन समयमा यसमा भुक्तानीको सुविधा भने थिएन । 

मोबाइल एसएमएसमार्फत जानकारी पाउने, बैंकिङ स्टेटमेन्ट हेर्न पाउनेजस्ता सीमित सुविधा थिए । तत्कालीन समयमा मोबाइल फोन फिचर्समा भएका सीमितताले पनि यसको विस्तार हुन सकेको थिएन ।

२०१२ सम्म आउँदा नेपाली बैंकहरूले कारोबार नै गर्न मिल्ने गरी मोबाइल बैंकिङ सेवाको विस्तार गरेका थिए । अहिले नेपालमा सबैजसो बैंक तथा वित्तीय संस्थाले एप्समै आधारित मोबाइल बैंकिङ सेवा सञ्चालन गरेका छन् । 

ad
ad