नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।
अधिवेशनमा चितवन, सिन्धुपाल्चोक, काभ्रे, रसुवाको नेतृत्व सर्वसम्मत चयन भएको छ भने अन्य केही जिल्लाको नेतृत्वमा आंशिक निर्विरोध भएको छ।
सहमतिबाट नेतृत्व चयनका लागि अधिकतम प्रयास भए पनि पदाधिकारीमा सहमति जुट्न नसक्दा सबैमा निर्वाचन हुने भएको छ।
अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेल मैदानमा छन्। यस्तै, सचिवमा नवराज सिलवाल र हस्त पण्डितको उम्मेदवारी परेको स्थायी समिति सदस्य शेरबहादुर तामाङले जानकारी दिए।