१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ जेठ ४ शुक्रबार o७:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कोशीमा मन्त्रिपरिषद् विस्तार, थपिए चार मन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:२६:oo

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमालेका चारमन्त्री थप गर्दै कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सोमबार नियुक्त चारमध्ये दुई मन्त्री र दुई राज्यमन्त्री छन् । यससँगै मन्त्रिपरिषद् नौ सदस्यीय बनेको छ । 

विस्तारित मन्त्रिपरिषद्मा एकराज कार्कीलाई भौतिक पूर्वाधार तथा विकास, बुद्धिकुमार राजभण्डारीलाई खानेपानी तथा सिँचाइ तथा ऊर्जा, लीलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन, पाँचकर्ण राईलाई पर्यटन वन तथा वातावरण र तिलकुमार मेन्याङबोलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी, रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारीराज्यमन्त्री, निरन राईलाई आर्थिक मामिला तथा योजना र सिर्जना राईलाई सामाजिक विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । 

उनले केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । तिलकुमार मेन्याङ्बोलाई भौतिक, पाँचकर्ण राईलाई पर्यटन, वन तथा वातावरण र एकराज कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् । यसअघि एकराज कार्की भौतिक पूर्वाधार विकास, मेन्याङ्बो खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री थिए । मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग कृषि तथा सहकारी मन्त्रालय आफैँसँग राखेका छन् ।

सर्वोच्चको परमादेशपछि २२ भदौमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले आगामी २० असोजभित्र प्रदेश सभाबाट विश्वासको मत लिइसक्नुपर्नेछ । तर, अहिलेसम्म विश्वासको मत पाउने अवस्था देखिएको छैन । 

ad
ad