
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक ५.८९ अंकले घटेर दुई हजार ४.४५ बिन्दुमा कायम भएको हो।
आज विभिन्न कम्पनीका ६५ लाख १६ हजार ६ कित्ता सेयर रु. एक अर्ब ५६ करोड ५५ लाख ७३ हजार चार सय ७१ बराबरमा कारोबार भएका छन् ।
आजको कारोबारमा जलविद्युत् समूहको उपसूचक ०.९२ र म्युचुअल फन्ड समूहको उपसूचक ०.३८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै लगानी समूहको उपसूचक ०.९५ प्रतिशतले घटेको छ।
माईखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। शुभम् पावर लिमिटेड र थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु. सात करोड ६८ लाख ९६ हजार ६ सय चारबराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने सिद्धार्थ इक्विटी फन्डको तीन लाख १९ हजार सात सय कित्ता सेयर किनबेच भएको छ।