१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बेइजिङमा नेपाल–चीन प्रधानमन्त्रीस्तरीय वार्ता, १२बुँदे सम्झौताको सूची 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५१:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छियाङबीच आज चीनको ग्रेटहल अफ दी पिपुलमा भएको द्विपक्षीय औपचारिक वार्तापछि विभिन्न १२ विषयमा सम्झौता, समझदारीपत्र तथा प्रोटोकलमा हस्ताक्षर भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच  विज्ञान, प्रविधि र आविष्कारका विषयमा सम्झौता भएको छ । नेपालबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी र उनका चिनियाँ समकक्षीबीच सम्झौता आदान–प्रदान भएको छ । 

प्रकोपसम्बन्धी सामग्री तथा मानव स्राेत आदान–प्रदानसम्बन्धी दुईवटा समझदारीपत्र आदान–प्रदान भएको छ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ सम्बन्धित अधिकारीबीच पत्र आदान–प्रदान भएको हो । सन् २०१७ मा तयार भएको नेपालको उत्तरी क्षेत्रका लागि उत्पादन तथा लिभिङ मेटेरियलको प्रमाणपत्र पनि हस्तान्तरण भएको छ । राजदूत श्रेष्ठले प्रमाणपत्र बुझेका छन् । 

चीनको राष्ट्रिय विकास तथा सुधार आयोग तथा नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्र योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीबीच आदान–प्रदान भएको छ । चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थ मन्त्रालयबीच डिजिटल इकोनोमीसम्बन्धी सहकार्य अभिवृद्धिबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका तर्फबाट चीनका लागि नेपाली राजदूत विष्णुपुकार र चिनियाँ अधिकारीबीच समझदारीपत्र आदान–प्रदान भएको छ । 

चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्बन विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाली राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच समझदारीपत्र आदान–प्रदान भएको छ ।

दुई देशका कृषि मन्त्रालयबीच कृषि तथा पशुपछी विकाससम्बन्धी सहयोगबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालबाट तर्फबाट कृषि तथा पशुपछी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेल र चिनियाँ अधिकारीबीच समझदारीपत्र आदान–प्रदान भएको छ । 

यसैगरी, सन् १९८१ मा दुई देशबीच भएको नेपाल–चीन व्यापार तथा भुक्तानीसम्बन्धी सम्झौता पुनरावलोकन र परिवर्तनका लागि  गृहकार्य गर्ने संयुक्त प्राविधिक कार्य समूह स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । वाणिज्यसचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच समझदारीपत्र आदान–प्रदान भएको छ । चीनको वाणिज्य मन्त्रालय तथा नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच समझदारी भएको हो । 

नेपालबाट चिनियाँ औषधिका लागि औषधिजन्य वनस्पतिका सामग्री चीन निकासी गर्न वनस्पतिको औषधीय तत्वको आवश्यकतासम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको छ । कृषिसचिव रेवतीरमण पौडेल र चिनियाँ अधिकारीबीच प्रोटोकल आदान–प्रदान भएको छ । यससम्बन्धी चीनको भन्सार प्रशासनसम्बन्धी विभाग तथा नेपालको कृषि तथा पशुपछी विकास मन्त्रालयबीच सहकार्य हुनेछ । 

चीनको प्रेस तथा प्रकाशनसम्बन्धी राष्ट्रिय प्रशासन कार्यालय र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच  क्लासिक प्रकाशन तथा अनुवादसम्बन्धी समझदारीपत्र भएको छ । नेपालका तर्फबाट राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच समझदारीपत्र आदान–प्रदान भएको छ । हिल्सा–सिमीकोट सडक परियोजना निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 
 
 

ad
ad