मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज ८ सोमबार
  • Friday, 14 August, 2026
२o८o असोज ८ सोमबार १o:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार १o:२५:oo

चिनियाँ प्रधानमन्त्री ली छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् । 

हाल चीन भ्रमणमा रहेका  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिएको छोटो स्वागत मन्तव्यमा उनले सो धारणा राखेका हुन् ।प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री प्रचण्डको यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग बनेको बताए । 

चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा भएका कुराकानीबाट दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद रहेको प्रधानमन्त्री छ्याङले बताए । उनले प्रधानमन्त्री प्रचण्डले ले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पुर्‍याएको उल्लेख गरे । 

प्रधानमन्त्री छ्याङले नेपाल सदियौँ पुरानो एक छिमेकी रहेको र चीनले सदैव नेपालको विकास, समृद्धि तथा हित चाहेको धारणा राखेका थिए । हाल बेइजिङस्थित ग्रेटहल अफ दी पिपुल्स कंग्रेसमा द्विपक्षीय भेटवार्ता जारी छ ।