मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज ५ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ५ शुक्रबार १३:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्डलाई न्युयोर्कमा अमेरिकी राष्ट्रपतिको स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ५ शुक्रबार १३:१६:oo

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्युयोर्कमा संक्षिप्त भेटवार्ता भएको छ। 

अमेरिकी राष्ट्रपति बाइडेनले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रमा सहभागी देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजित रिसेप्सनमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेका हुन्। 

राष्ट्रपति बाइडेनले त्यहाँ सहभागी अन्य देशका सरकारप्रमुख एवं राष्ट्रप्रमखुहरूलाई पनि स्वागत गरेका थिए। यो औपचारिक भेटवार्ता भने होइन। यद्यपि स्वागतका क्रममा प्रधानमन्त्री प्रचण्ड र बाइडेनबीच संक्षिप्त कुराकानी भएको थियो।

संक्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

भेटमा राष्ट्रपति बाइडेनकी श्रीमती जिल ज्याकोब र प्रधानमन्त्रीकी छोरी गंगा दाहाल सहभागी थिए।