मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १५ शुक्रबार
  • Friday, 01 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज ५ शुक्रबार ११:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गणतन्त्रवादी नेता खेमराज भट्ट ‘मायालु’काे निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ५ शुक्रबार ११:३६:००

पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा क्यान्सर रोगबाट गएराति निधन भएको छ। ‘मायालु’को उपचारका क्रममा वीर अस्पतालमा निधन भएकाे उनका भाइ छविलाल भट्टले जानकारी दिए। 

गणतन्त्रवादी नेताका रूपमा परिचित नेता  मायालुले ०५६ सालमा बर्दिया क्षेत्र नम्बर ३ बाट कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित  भएका थिए।  

००४ मा डडेल्धुराको डुंगरी भन्ने ठाउँमा जन्मिएका उनले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका थिए। पछि उनी रामराजाप्रसाद सिंहसँगै रहेर नेपालमा गणतन्त्र स्थापना गर्नका लागि आन्दोलन होमिएका थिए।

०४२ को बम काण्डपछि तत्कालीन सरकारले उनको सम्पत्ति सर्वश्वहरण गरेपछि १२ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए। उनका दुई छोरा छन्। 

श्रीमतीको यसअघि नै मिर्गौला रोगका कारणबाट निधन भइसकेका थियो। उनको आजै पशुपति आर्यघाट अन्त्येष्टि गरिनेछ।