मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
नवराज पनेरू डडेल्धुरा
२०८० असोज ३ बुधबार १३:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डडेल्धुरा कारागारबाट सात कैदीबन्दी रिहा

Read Time : < 1 मिनेट
नवराज पनेरू, डडेल्धुरा
२०८० असोज ३ बुधबार १३:५८:००

जिल्ला कारागार डडेल्धुराबाट सातजना कैदीबन्दी रिहा भएका छन्। 

संविधान दिवसको अवसर पारेर उनीहरूलाई रिहा गरिएको जिल्ला कारागार डडेल्धुराका जेलर जितेन्द्र ओझाले जानकारी दिए। उनका अनुसार असल चालचलन भएका तथा ४० देखि ५० प्रतिशत कैद भुक्तान गरिएका कैदीबन्दीलाई रिहा गरिएको हो। 

‘मुलुकी अपराध संहिता कार्यान्वयन हुनुअगाडिका मुद्दामा दोषी ठहर भएका कैदीबन्दीको हकमा ४० प्रतिशत र त्यसपछि पछाडि ५० प्रतिशत कैद भुक्तान गरेकालाई छोड्न मिल्ने व्यवस्था छ,’ उनले भने, ‘सोहीअनुसार एक जना ४० प्रतिशत र अन्य ६ जना ५० प्रतिशत कैद भुक्तानग गरेकालाई रिहा गरिएको छ।’ 

कर्तव्य ज्यान मुद्दाका दुई, बहुविवाहका दुई तथा गर्भपतन, हातहतियार खरखजना र ज्यान मार्ने उद्योगका एक–एक कैदीबन्दीलाई रिहा गरिएको ओझाले जानकारी दिए। संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले फैजदारी कसुर कैद कट्टा नियमावली, २०७६ अनुसार उनीहरूको कैद कट्टा गरेका हुन्। 

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा प्रमुख जिल्ला अधिकारी हुँदै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदीबन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ।