
कपिलवस्तुको बाणगंगामा ३३ पुरीया ब्राउन सुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । बाणगंगाको वडा न ७ घेरुवा बनगाई चोकबाट बिक्रीका लागि तयार पारेको अवस्थामा उनीहरू पक्राउ परेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए ।
पक्राउ पर्नेमा वाणगंगाका मुख्य कारोबारी मानिने ३६ वर्षको ज्ञान राज परियार, देव बहादुर जिसी, सहजित क्षेत्री र आकास परियार रहेको रायमाझीको भनाइ छ । सोमबार राति करिब १० बजेको समयमा चार जनालाई पक्राउ गरी थुनामा राखिएको बताएको छ ।
आज मंगलबार म्याद थपका लागि तौलिहवा पठाउने तयारी भएको प्रहरीले जनाएको छ। लागुऔषधको ट्रान्जिट पोईन्ट मानिने बाणगंगामा पछिलोसमयमा प्रहरीले बिक्रीवितरण तथा सेवन कर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । उक्त पक्राउ परेको ३३ पुरिया ब्राउन सुगरको तौल १ ग्राम दुई सय ९० मिली ग्राम रहेको वताएको छ ।