मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १ सोमबार
  • Sunday, 16 March, 2025
रासस पाल्पा
२o८o असोज १ सोमबार १५:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामान्य विवादमा कुटपिट गरी साथीको हत्या

Read Time : < 1 मिनेट
रासस, पाल्पा
नयाँ पत्रिका
२o८o असोज १ सोमबार १५:५२:oo

स्थानीय युवाहरूबीच सामान्य विवाद हुँदा कुटपिट गरी एकजनाको हत्या भएको छ। पाल्पाको तिनाउ गाउँपालिका– २ दोभान घोडेबासका २४ वर्षीय सुनील खत्रीको साथीहरूले कुटपिट गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार स्थानीय युवाबीच विवाद बढ्दै जाँदा आइतबार राति साढे १२ बजेको समयमा कुटपिट भएको थियो। गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा राति १ः४५ बजे मृत्यु भएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए।

तिजको दर खाएर राति महिला नाचिरहेका वेला युवाहरूबीच विवाद भएको थियो। त्यही विषयलाई लिएर भएको झगडाले उग्र रूप लिएपछि खत्रीमाथि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले जानकारी दिए।

हत्याको आरोपमा चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर, प्रहरीले थप विवरण खुलाएको छैन। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ।