मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o असोज १ सोमबार
  • Wednesday, 17 September, 2025
रासस काठमाडौं
२o८o असोज १ सोमबार १५:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तिनकुने सामूहिक हत्या प्रकरणमा पक्राउ परेका राई रिहा

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १ सोमबार १५:४६:oo

काठमाडौंको तिनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ। हत्यामा उनको कुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

उनका अनुसार उक्त हत्या प्रकरणमा राईको कुनै संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको हो।  घटनामा प्रहरीले सिन्धुपाल्चोक, बाह्रबिसे घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको थियो।

गएको शुक्रबार मध्यराति गैह्रीगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षागार्डको जिम्मेवारीमा रहेका कुमार भुजेल तथा उनकी पत्नी अम्बिका भुजेल र आमा ७० वर्षीया सुमित्रा भुजेलको हत्या भएको थियो।