१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २९ शुक्रबार
  • Saturday, 05 July, 2025
२o८o भदौ २९ शुक्रबार १२:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समाचार प्रभाव : हुम्लामा पठाओको भाडा एक हजारबाट पाँच सयमा झर्‍यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २९ शुक्रबार १२:१३:oo

हुम्लामा पठाओका नाममा हुँदै आएको बह्मलुट नियन्त्रणमा आएको छ। गत १७ भदौमा नयाँ पत्रिका राष्ट्रिय दैनिकको अनलाइन संस्करणमा ‘पठाओको नाममा बह्मलुट’ समाचार प्रकाशित भएपछि चर्को भाडादर नियन्त्रणमा आएको छ। 

समाचार प्रकाशन भएसँँगै ट्राफिक प्रहरीले सर्केगाड गाउँपालिका र चंखेली गाउँपालिकाभित्र मोटरसाइकल निगरानी गर्न थालेका छन्।

एक हजार रुपैयाँबाट पाँच सय रुपैयाँ लिँदै आएको स्थानीयले बताए। सर्केगाड गाउँपालिका केन्द्रदेखि चंखेली गाउँपालिका– ४ को सल्लीसल्ला सात किलोमिटर दूरीमा एक हजार रुपैयाँबाट घटेर पाँच सय पुगेपछि राहत महसुस भएको चंखेली गाउँपालिका- ४ का रत्नमल रोकायाले बताए।

‘सल्लीसल्लादेखि पिप्लाङ पाँच सय मोटरसाइकल भाडा छ, सल्लीसल्लादेखि सर्केगाडसम्म पाँच सय रुपैयाँ भाडा घटेको छ,’ रोकायाले नयाँ पत्रिकासँग भने। 

सर्केगाड गाउँपालिकाको स्यालतडीदेखि सल्लीसल्लासम्म एक हजार लिने गरेकाे समाचार प्रकाशित भएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले इलाका प्रहरी सर्केगाडलाई प्रत्रचार गरेपछि पठाओ निगरानी गर्न ट्राफिक प्रहरी परिचालन गरिएको छ।