१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २८ बिहीबार
  • Friday, 09 May, 2025
२o८o भदौ २८ बिहीबार १६:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा सर्पले डसेर दुई महिनामा ६ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २८ बिहीबार १६:३६:oo

दाङमा दुई महिनामा सर्पको टोकाइबाट ६ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए। 

साउनमा ३६ र भदौमा १८ गरी ५४ जना महिला तथा साउनमा २८ र भदौमा १३ गरी ४१ पुरुष सर्पले टोकेर घाइते भएका थिए। त्यस्तै, साउनमा ६ र भदौमा ६ जना बालबालिकालाई सर्पले टोकेको थियो।  

सर्पदंशका बिरामीमध्ये साउनमा एक महिला, दुई बालबालिका, दुई पुरुष तथा भदौमा एक पुरुषको मृत्यु भएको हो।

जिल्लामा सर्पदंशको प्रभावकारी उपचार नहुँदा यसरी बिरामीको मृत्यु हुने गरेको छ भने कतिपय बिरामीलाई दाङबाट नेपालगन्ज वा गोरुसिंगे लैजाने गरिएको छ।