१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २८ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २८ बिहीबार १६:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेम्वाङको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २८ बिहीबार १६:३o:oo

प्रतिनिधिसभा बैठकले संविधान सभाका अध्यक्ष एवं पूर्वसभामुख तथा वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ। 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले स्व.नेम्वाङको निधनको शोक प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको हो। 

उनको निधनमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ। बैठकमा सभामुख देवराज घिमिरेले स्व. नेम्वाङले लोकतन्त्र र गणतन्त्रका लागि भएका हरेक आन्दोलनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेका, संविधानसभामार्फत नेपालको संविधान निर्माणमा अहं र नेतृत्वदायी भुमिका खेल्नुभएका मृदुभाषी, सरल र सहज र समन्वयकारी व्यक्तित्वका धनी सुवासचन्द्र नेम्वाङको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको बताए।  

प्रतिनिधिसभाको अर्को बैठक भदौ २९ गते शुक्रबार १ बजे बस्नेछ।