१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २८ बिहीबार
  • Saturday, 26 April, 2025
२o८o भदौ २८ बिहीबार १५:५२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

विश्वव्यापी सम्झौता  हुनु सबैका लागि हितकर : संयुक्त राष्ट्रसंघ प्रमुख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २८ बिहीबार १५:५२:oo

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी सम्झौता हुनु सबैका लागि हितकर भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको ७८औँ महासभापछि आयोजित पत्रकार सम्मेलनमा गुटेरेसले यस्तो टिप्पणी गरेका हुन्। 

सेप्टेम्बर १८ देखि विश्व नेताहरू, प्रतिनिधिहरू न्युयोर्कमा संयुक्त राष्ट्र मुख्यालयमा उच्चस्तरीय बैठक र कार्यक्रमहरूमा भाग लिइरहेका छन्। 

उनले विश्व नेताहरूलाई आफूले आफ्नो स्थान र स्थिति निर्धारण गर्ने समय अहिले नभएको साथै उदासीनता र अनिर्णयको समय नभएकाले अहिले विश्वव्यापी सम्झौता गर्नु हितकर हुने बताए। 

महासचिव गुटेरेसले राजनीति भनेको सम्झौता भएको उल्लेख गर्दै समानता र ऐक्यबद्धतामा आधारित शान्ति र समृद्धिको भविष्य चाहने हो भने साझा हितका लागि साझा भविष्य निर्माणका लागि विश्वव्यापी सम्झौता आवश्यक रहेको औँल्याए। 

यो समय विश्वका हरेक नेताका लागि साझा हितका लागि काम गर्ने थलो भएको बताउँदै उनले बिग्रँदै गएको जलवायु, बढ्दो द्वन्द्व, विश्वव्यापी जीवन संकट, बढ्दो असमानतालाई सुधार गर्न जरुरी रहेको धारणा राखे। भूराजनीतिक विभाजनबाट सबैको क्षमतामा ह्रास आइरहेको महासचिव गुटेरेसको भनाइ थियो। 

सिन्ह्वाको सहयोगमा तयार पारिएको समाचार सामग्री ।