मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ २७ बुधबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २७ बुधबार १६:१६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा हरियाली, नेप्सेले पार गर्‍यो दुई हजार बिन्दु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २७ बुधबार १६:१६:oo

सेयर बजार आज हरियाली छाएको छ। मंगलबार साढे १९ अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज ३९.४८ अंले बढेर २००७.०६ बिन्दुमा उक्लिएको छ।

आज सबै समूहको सेयर बढेको छ। यसमा पनि विकास बैंक, होटेल, जलविद्युत्, बिमा र व्यापार समूहको सेयर उच्च अंकले बढेको छ। यस दिन शुभम् पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनी र समता घरेलु लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ। 

आज दुई सय ७५ कम्पनीका ५१ लाख ४४ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४९ करोड ५५ लाख रुपैयाँबराबरको कारोबार भएको छ। सबैभन्दा धेरै एनआइसी एसिया बैंकको सात करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। समग्रमा बजार बढे पनि थ्री स्टार हाइड्रोपावरको सेयर भने आठ प्रतिशतले घटेको छ।