Skip This
एन्फा विवाद उत्कर्षमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २५ सोमबार
  • Saturday, 27 July, 2024
२o८o भदौ २५ सोमबार १७:२o:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एन्फा विवाद उत्कर्षमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २५ सोमबार १७:२o:oo

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै नेपाली फुटबलभित्रको विवाद एकपटक फेरि उत्कर्षमा पुगेको छ।
 
एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका पूर्वमहासचिव इन्द्रमान तुलाधारको नेतृत्वमा रहेको ४९ सदस्यको हस्ताक्षरसहित सोमबार एन्फाका वर्तमान अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। 

सो टोलीले एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई नै भेटेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। यससँगै नेपाली फुटबलमा विवाद फेरि उत्कर्षमा पुगेको छ। वर्तमान नेतृत्वले विधानविपरीत काम गरेको आरोपसहित नेपाली फुटबलको विद्रोही पक्षले अविश्वासको प्रस्ताव अघि बढाएका छन्।

संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले अविश्वासको प्रस्ताव दर्तासँगै अध्यक्ष निलम्बनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई दर्तापत्र बुझाएको बताए।

पूर्वमहासचिव तुलाधरले अविश्वासको प्रस्ताव भएसँगै अध्यक्ष निलम्बनमा परिसकेकाले वरिष्ठ उपाध्यक्षलाई पत्र बुझाएको बताए। 

वर्तमान नेतृत्वले विधानविपरीत काम गर्दै आएकाले निलम्बनको प्रस्ताव दर्ता गराएको एन्फाका पूर्वमहासचिव तुलाधारले बताए। 

एन्फाको विधानलाई पछ्याउँदै आफूहरूले फुटबल बचाउने अभियानमा एकमत भएको विद्रोही पक्षको भनाइ छ। विधानविपरीत हुन लागेको साधारणसभामा आफूहरू नगएको र आगामी दिनमा पनि नजाने विद्रोही पक्षको आरोप छ। 

डिभिजन लिगका क्लबहरूले सामान्य अवस्थामा भर्चुअल साधारणसभा गर्नु विधानविपरीत हुने भन्दै भौतिक उपस्थितिको माग गरेका थिए। उनीहरूले भौतिक उपस्थिति नभए बहिष्कार गर्ने र अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएका थिए। 

क्लबहरूको चेतावनीलाई बेवास्ता गर्दै एन्फाले आइतबार स्थगित गरेको साधारणसभा एकतर्फी रूपमा सोमबार बोलाएपछि बाध्य भएर अविश्वासको प्रस्ताव अगाडि बढाउनुपरेको एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए। साथै उनले नैतिकताका आधारमा अध्यक्ष र महासचिवले राजीनामा दिनुपर्नेसमेत बताए। 

कोरम नपुगेका कारण आइतबार एन्फाको विशेष साधारणसभा स्थगित भएको थियो। क्लबको विरोधका बाबजुद आइतबारलाई तय गरिएको एन्फाको भर्चुअल साधारणसभामा कुल ८६ सदस्यमध्ये ३८ जनाको मात्र उपस्थिति भएपछि स्थगित गर्नुपरेको हो।

एन्फाले आइतबार कोरम नुपेगपछि साधारणसभा सोमबार बोलाउने निर्णय गरेको थियो। सोमबार पनि कोरम नपुगेपछि एन्फाले साधारणसभा स्थगित गरेको हो।