सर्बिया पठाइदिन्छु भन्दै १७ लाख ठगी गर्ने पक्राउ

सोमबार, २५ भदौ, २०८०
डिजिटल संस्करण

 वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भनी १७ लाख ठगी गर्ने धादिङ ज्वालामुखी–१ स्थायी घर भई भक्तपुर ठिमी नगरपालिका–३  बस्ने ४० वर्षीय राजकुमार लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले बलराम थापामगरसहित तीन जनालाई सर्बिया पठाउने भन्दै ठगी गरेका थिए । लामिछानेलाई प्रहरीले काठमाडौं महानगर–३१, मीनभवनबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाएको जनाइएको छ ।

See More On

सुझावित समाचार