मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ २२ शुक्रबार १५:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ २२ शुक्रबार १५:२५:००

राष्ट्रिय सभाको बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ। भदौ २४ गते आइबार बिहान ११ः०१ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ।

अर्को बैठकको मिति र समय सभाका अध्यक्षले निर्धारण गर्ने छन्।

राष्ट्रिय सभामा अहिले तीनवटा विधेयकहरू मात्रै छन्।अध्यागमन विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफल गरी प्रतिवेदन पेस भइसकेको छ। गृहमन्त्रीले विधेयक अध्ययनका लागि समय मागेकाले पारित गर्न मात्रै बाँकी छ।

त्यसैगरी, विद्युतीय कारोबारसम्बन्धी विधेयक र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक समितिमा दफावार छलफलको क्रममा छ। राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा गएका आठवटा विधेयक फिर्ता आउन बाँकी छ।