१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १२:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सोनमा विद्यार्थीको आन्दोलन : १० जनामाथि आपराधिक उपद्रव मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:५७:oo

महोत्तरीको सोनमा गाउँँपालिकाको कार्यालयमा विद्यार्थीबाट भएको आन्दोलनपछि गाउँपालिकाको तर्फबाट १० जनामाथि जाहेरी परेको छ।

१९ भदौको अपराह्न आन्दोलनका क्रममा भएको झडपमा पालिकाका कर्मचारीको मोटरसाइकलसहित अन्य संरचनामा क्षति भएपछि गाउँपालिकाले किटानी जाहेरी दिएको हो। आन्दोलनको क्रममा कार्यालयअगाडि राखिएको पालिकाका ओभरसियर समिर यादवले प्रयोग गर्ने प्र २–०३–०१९ प  ९१५८ नम्बरको एफजेड मोटरसाइकल र  निमित्त प्रशासकीय अधिकृत पप्पुकुमार यादवले प्रयोग गर्दै आएको ज.११प ४९६६ नम्बरको मोटरसाइकलमा आगजनी भएको थियो।

साथै, पालिकाको भवन तथा सशस्त्र प्रहरी र पालिका अध्यक्षको गाडीमा क्षति पुग्नुका साथै सुरक्षाकर्मी र विद्यार्थीमेत घाइते भएका थिए। घटनाको सूक्ष्म अनुसन्धानका  लागि पालिकाले किटानी जाहेरी दिएको हो।

झडपलगत्तै पक्राउ परेका सोनमा– २ निवासी ललिन्द्र यादव, वडा नं. १ निवासी रामप्रसाद पासमान, सोही ठाउँका उपेन्द्रकुमार साह, राकेश राम, नैजामुद्दिन अन्सारी, महेशकुमार यादव र रामकेवल यादवलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले बताए।

सोही मुद्दामा आरोपी बनाइएका सोनमा गाउँपालिकाका पूर्वअध्यक्ष राजकुमार यादव, वडा नं. १ का वडाध्यक्ष अशोककुमार यादव र शैलेन्द्र यादव भने पक्राउ परेका छैनन्।

सोनमा गाउँपालिका– २ स्थित सरस्वती जनता माध्यमिक विद्यालयका विद्यार्थी तीन शिक्षकको सरुवा नगर्न, खानेपानी तथा खेल सामग्री उपलब्ध गराउन माग गर्दै पालिका कार्यालय पुगेका थिए। पालिकाको शिक्षा शाखाले विद्यार्थीको माग सम्बोधन गर्ने सहमति गरे पनि सहमतिपत्रमा कार्यालयको छाप नरहेको भन्दै केही स्थानीयले उक्साएपछि भिड अनियन्त्रित हुँदा झडपको अवस्था उत्पन्न भएको बताइएको छ।

ad
ad