१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १८:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विद्यार्थीको आन्दोलन अनियन्त्रित हुँदा सोनमा गाउँपालिकामा तनाव

२३ राउण्ड अश्रुग्याँस प्रहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १८:२४:oo

महोत्तरीको सोनमा गाउँपालिकामा विद्यार्थीहरूले गरेको आन्दोलन अनियन्त्रित हुँदा सुरक्षाकर्मीले २३ राउन्ड अश्रुग्यास प्रहार गरेका छन्। 

विद्यार्थी आन्दोलनमा स्थानीयहरू प्रवेश गरी ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीका २ प्रहरी निरीक्षक, एक सई, एक हवल्दारसहित सशस्त्र र नेपाल प्रहरीका केही घाइते भएपछि सुरक्षाकर्मीले प्रतिरक्षा गर्दा अवस्था तनावपूर्ण भएको हो।

स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले बताए। सो क्रममा प्रदर्शनमा उत्रेकाहरूले पालिकाका कर्मचारीको दुई थान मोटरसाइकल जलाएको बताइएको छ।

आफ्नो विद्यालयको मावि तहका तीन शिक्षकको सरुवाको विरोधमा सरस्वती जनता माविका विद्यार्थीहरू विरोधमा उत्रेका थिए। विद्यालयमा खानेपानीको व्यवस्था गर्नुपर्ने, खेलकुद सामग्री उपलब्ध गराउनुपर्ने र समयमा विद्यालय नआउने शिक्षकलाई कारबाही गर्नुपर्नेजस्ता माग लिएर गाउँपालिकाको कार्यालय पुगेका थिए।

गाउँपालिका अध्यक्ष,  शिक्षा संयोजकसहितको टोलीसँगको छलफल पछि सहमतिमा पुगिसकेको अवस्थामा स्थानीय केही व्यक्तिहरूले सहमति नमान्ने भन्दै नाराबाजीसहित ढुंगामुढा गर्न थालेपछि स्थिति तनावपूर्ण भएको थियो। अहिले स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

ad
ad