
नेपाल वायुसेवा निगमले काठमाडाैंबाट साउदी अरेबियाको दमाममा नियमित सीधा उडान सुरु गरेको छ । २० भदौदेखि सुरु भएको पहिलो उडानमा (२२ः४० बजे) काठमाडौंबाट एक सय २६ र फर्किंदा एक सय १७ जना यात्रु रहेका थिए ।
काठमाडौं–दमाम–काठमाडौं सेक्टरमा साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने निगमले जनाएको छ । साथै, बजारको मागअनुसार उडानको संख्या बढाउँदै लैजाने योजना निगमको छ । निगमको बेवसाइट र ट्राभल एजेन्सीमार्फत टिकट काट्न सकिने जनाइएको छ ।