Skip This
गौरीफाँटा नाका पुनः सञ्चालनमा ल्याउन संसदीय समितिको निर्देशन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २१ बिहीबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २१ बिहीबार १४:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गौरीफाँटा नाका पुनः सञ्चालनमा ल्याउन संसदीय समितिको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २१ बिहीबार १४:४१:oo

कृषि, सहकारी तथा प्राकृतिक स्राेत समितिले तरकारीको विषादी परीक्षण गर्दै आएको गौरीफाँटा नाका पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। 

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकपछि बोल्दै समितिका उपसचिव शिवदत्त बरालले समितिले केराखेतीको उत्पादन तथा संवर्द्धन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताए। 

समितिले बाँदर, बँदेल र नीलगाईजस्ता जंगली जनावरले कृषि बालीमा क्षति पुर्‍याउने र किसानलाई पर्न गएको मर्काको क्षतिपूर्ति उपलब्ध गराउने कार्य प्रभावकारी गर्न र यसको दीर्घकालीन रूपमा समस्या समाधान गर्न आवश्यक पहल गर्ने सम्बन्धमा वन, तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। 

त्यस्तै, नेपाल सरकारको कोदो खेतीको उत्पादन तथा प्रवर्द्धन गर्ने सन्दर्भमा के–कस्ता कार्यक्रम रहेका छन् सो सम्बन्धमा कृषि मन्त्रालयसँग विवरण माग गर्ने निर्णय गरेको छ। 

समितिले हालसम्म गरेका निर्देशन र निर्णयहरू कार्यान्वयनको अवस्थाको प्रगति विवरण सात दिनभित्रमा माग गर्ने, नेपालको पहाडी तथा तराईका क्षेत्रमा उत्पादन हुने गाँजाखेती बहुउपयोगी रहेकाले उत्पादन, प्रशोधन र बिक्री–वितरण गर्ने कार्यलाई वैधानिक बनाउने सम्बन्धमा सम्बन्धित निकायसँग थप छलफल गर्ने र भूमि आयोगबाट सम्पादन हुने कार्यका सम्बन्धमा राष्ट्रिय भूमि आयोगका अध्यक्षलगायतका पदाधिकारी र भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल गर्ने निर्णय गरेको छ। 

बरालले कार्बन व्यापार र जलवायु परिवर्तनको नीतिगत कानुन र संस्थागत तथा कार्यगत व्यवस्थाका सम्बन्धमा रहेका विषयहरू सम्बन्धित निकायसँग लिखित रूपमा माग गर्ने निर्णय गरेको बताए। 

बंगलादेशको कृषि क्षेत्रको अनुगमन गर्न समिति सभापति डा. आरजु राणाको नेतृत्वमा अनिशा नेपाली, अम्मरबहादुर थापा, विनिता कठायत, सूर्यकुमारी श्रेष्ठ, रूपा सोसी चौधरी र उपसचिव शिवदत्त बराल बंगलादेश जाने निर्णय भएको छ।