मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ २० बुधबार
  • Friday, 14 August, 2026
२o८o भदौ २० बुधबार १८:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेविसंघ बारामा समानान्तर समिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २० बुधबार १८:५o:oo

बारामा नेपाल विद्यार्थी संघको समानान्तर समिति गठन भएको छ। बुधबार भएको भेलाले प्रवीणसिंह राउतको संयोजकत्वमा समानान्तर जिल्ला कार्यसमिति चयन गरेको हो।

मंगलबार नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले समीर चौधरीलाई अध्यक्षको जिम्मेवारी तोकेका थिए। बुधबार राउतको अध्यक्षतामा समानान्तर समिति गठन भएको हो। राउतलाई कांग्रेस बारा जिल्ला उपसभापति मनोज भट्ट, जिल्लासचिवद्वय राजेश रौनियार र भैयाराम यादवले समेत साथ रहेको घोषणा गरेका थिए ।

केन्द्रीय सदस्य भुवन भट्टले अध्यक्ष शेर्पाले विधान र मापदण्डविपरीत जिम्मेवारी तोकेको भन्दै समानान्तर समिति गठन गरिएको बताए। ‘विद्यार्थीको नेतृत्व विद्यार्थी माझबाटै चुनिनुपर्छ। विधि र आन्तरिक सहमतिविपरीत मनोमानी ढंगले अध्यक्ष तोकिएकाले संगठनको गरिमा बचाउन समानान्तर समिति बनाएका हौँ,’ भट्टले भने।