मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
शिवहरि घिमिरे काठमाडाैं
२०८० भदौ १९ मंगलबार ०५:५८:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

२७ वर्षदेखि थन्किएका चार करोडका सामान लिलाम गर्दै वीर अस्पताल 

Read Time : < 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० भदौ १९ मंगलबार ०५:५८:००

वीर अस्पतालले २७ वर्षयता स्टोरमा थन्किएर बसेका थोत्रा तथा बेवारिसे उपकरण लिलाम प्रक्रिया अघि बढाएको छ । ०५३ देखिका थोत्रा बेड, बिग्रिएका उपकरण, फर्निचरलगायत सामग्रीको मूल्यांकन गरी लिलाम प्रक्रिया अघि बढाइएको हो ।

हाल अस्पतालको स्टोर तथा पछाडिको प्रांगण कवाडी सामानले भरिएको छ । सो सामान लिलाम गर्न अस्पतालले ११ भदौमा बोलपत्र आह्वानसम्बन्धी सूचना जारी गरेको अस्पतालका मेडिकल स्टोर प्रमुख टीकाराम पनेरूले बताए । उनका अनुसार काठमाडौं महानगरपालिका, वीर अस्पतालको लिलाम समितिलगायतको बैठक बसेर लामो समयदेखि थन्किएका सामान लिलामका लागि सूचना जारी गरिएको हो । 

लिलाम गर्नुपर्ने सामानको न्यूनतम मूल्य भ्याटबाहेक चार करोड तीन लाख ७४ हजार चार सय नौ रुपैयाँ कायम गरिएको छ । इच्छुक बोलपत्रदाताले ३१ भदौसम्म सामान खरिदका लागि निवेदन दिनुपर्ने पनेरूले बताए । सामानहरूको बजार दररेटअनुसार मूल्यांकन गरी सूचना आह्वान गरिएको उनको भनाइ छ । ‘लामो समयदेखि अस्पतालमा धेरै सामान बेवारिसे थिए, ती सामान यहाँ काम लाग्दैनन्,’ उनले भने, ‘त्यसैले लिलाम गर्न लागिएको हो ।’ उनका अनुसार पुराना मेसिन, कुर्सी, फलाम, बेड, फर्निचरलगायत सामान एकै चरणमा लिलाम गर्न लागिएको हो ।