मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ १८ सोमबार १७:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधानअनुसार बन्न बाँकी कानुन बनाई संसदमा पेस गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ १८ सोमबार १७:४८:००

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार बन्न बाँकी कानुनहरूको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेस गर्न सरकारलाई निर्देशन दिएका छन्।

सोमबारको राष्ट्रिय सभा बैठकबाट अध्यक्ष तिमिल्सिनाले संविधानअनुसार बन्न बाँकी कानुनहरूको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेस गर्न सरकारलाई निर्देशन दिएका हुन्। उनले संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० मा उल्लेखित सुझावहरूलाई कार्यान्वयन गर्न पनि निर्देशन दिए।

अध्यक्ष तिमिल्सिनाले सुशासन कायम गर्न र संघीयताको कार्यान्वयन प्रभावकारी रूपमा गर्न कानुन निर्माण गर्नुपर्ने बताए। कानुनी रिक्तता पूरा गरी संविधानको कार्यान्वयनलाई पूर्णता दिनुपर्नेमा उनको जोड थियो।