मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ १८ सोमबार
  • Monday, 31 August, 2026
सौरभ यादव सप्तरी
२o८o भदौ १८ सोमबार १७:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ज्यान मुद्दाका आरोपी प्रदेश सांसद सिंह पक्राउ

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
२o८o भदौ १८ सोमबार १७:२५:oo

सप्तरी प्रहरीले मधेस  प्रदेश सभा सदस्य अनिरुद्धकुमार सिंहलाई पक्राउ गरेको  छ। 

मुलतबी रहेको ज्यान मुद्दाका आरोपी रहेका प्रदेश सभा सदस्य सिंहलाई सोमबार दिउँसो राजविराजबाट पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले जानकारी दिए। 

पक्राउ गरिएका प्रदेश सभा सदस्य सिंहलाई अदालतमा पेस गरिएको प्रमुख कार्कीले जानकारी दिए। गत प्रदेश सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४(ख) बाट प्रदेश सभामा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए। 

माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुलतबीमा रहेको मुद्दामा सिंहसमेत आरोपी रहेका हुन्।