१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
एजेन्सी
Invalid date format १५:५o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जापानी सामग्री प्रतिबन्ध लगाउन माग गर्दै दक्षिण कोरियामा विरोध प्रदर्शन

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
Invalid date format १५:५o:oo

जापानले दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित जल समुद्रमा फालेपछि दक्षिण कोरियाली नागरिकले विरोध जारी राखेका छन्।

‘विकिरणबाट उत्पन्न पानी समुद्रमा फाल्न बन्द गर’, ‘जलबाट उत्पादन हुने सामानमा प्रतिबन्ध लगाऔँ’जस्ता नारासहित उनीहरूले आन्दोलन गरेका हुन्। उनीहरूले कोरिया सरकारलाई जापान सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गर्नसमेत आग्रह गरेका छन्।

एक हजार युवाले समुद्रनिकट क्षेत्रमा गरेको सर्वेक्षणमा ७२.४ प्रतिशत नागरिकले जापान सरकारको विरोध जनाएको बताइएको छ। त्यस्तै, ७८.३ प्रतिशत जनताले जापानबाट आयात हुने जलबाट उत्पन्न सामग्रीमा प्रतिबन्ध लगाउन र ६७.४ प्रतिशतले जापानी उत्पादन बहिष्कार गर्न आग्रह गरेका छन्।

डेढ घन्टाको र्‍यालीमा  प्रदर्शनकारीहरूले राजधानी सियोलमा राष्ट्रपति कार्यालयसम्म करिब पाँच किलोमिटरको यात्रा गरेका थिए। पानी फाल्न सुरु गरेसँगै जापानकै समुद्रमा माछा मार्नेहरू, स्थानीय र छिमेकी देशहरूले समेत विरोध जनाउँदै आएका छन्। सिन्ह्वा/न्युज एजेन्सी नेपाल