Skip This
ad
नौ वर्षमा थपियो तीन हजार ११८ किमि प्रसारणलाइन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २६ बुधबार o६:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नौ वर्षमा थपियो तीन हजार ११८ किमि प्रसारणलाइन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o६:३o:oo

नेपालको विद्युत् प्रसारण प्रणालीमा नौ वर्षमा तीन हजार एक सय १८ किलोमिटर सर्किट प्रसारणलाइन निर्माण भएको छ । विद्युत्गृहबाट उत्पादित विद्युत् ग्राहकको घरसम्म पुर्‍याउन प्रसारण तथा वितरण लाइन र सबस्टेसनहरूको आवश्यकता पर्छ । सो अवधिमा ग्रिड सबस्टेसनहरूको क्षमता आठ हजार आठ सय ६७ एमभिए पुगेको विद्युत् प्राधिकरणको तथ्यांक छ । नौ वर्षअघि आर्थिक वर्ष (आव) ०७१/७२ मा सबस्टेसनहरूको क्षमता २१ सय ३२ एमभिए मात्र थियो । तर, आव ०७९/८० मा आइपुग्दा सबस्टेसनहरूको क्षमता ६ हजार सात सय ३५ एमभिए थपिएको हो । आव ०७१/७२ मा ६६ र १३२ केभीबाट मात्र विद्युत् प्रसारण भइरहेकामा अहिले ६६, १३२, २२० र ४०० केभी लाइनहरू सञ्चालनमा छन् । 

आव ०७१/७२ मा २६ सय २४ सर्किट किलोमिटर प्रसारण लाइन रहेकामा हाल तीन हजार एक सय १८ सर्किट किलोमिटर थपिएर आव पाँच हजार सात सय ४२ सर्किट किलोमिटर पुगेको छ । अहिले प्रणालीमा ६६ र एक सय ३२ केभी प्रसारणलाइनको लम्बाइ क्रमशः पाँच सय १४ र तीन हजार नौ सय ७९ सर्किट किलोमिटर छ । यसैगरी, २२० र ४०० केभी प्रसारणलाइनको लम्बाइ क्रमशः एक हजार एक सय एक र एक सय ४८ सर्किट किलोमिटर छ । आव ०७५÷७६ मा सबैभन्दा बढी अर्थात् ६ सय ६ सर्किट किलोमिटर प्रसारणलाइन थपिएको थियो । यसैगरी, आव ०७४÷७५ मा सबैभन्दा कम एक सय ४१ सर्किट किलोमिटर लाइन थपिएको थियो । गत आवमा चार सय १३ किलोमिटर सर्किट किलोमिटर प्रसारण लाइन प्रणालीमा थपिएको छ ।  

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक कारणले समय–समयमा विद्युत् गएको भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गर्न पूर्वाधार निर्माणमा योजनाबद्ध रूपमा अघि बढेको बताए । प्रसारणलाइनका आयोजनाहरू निर्माणमा आउने स्थानीयको अवरोध, जग्गाप्राप्ति र वन क्षेत्रको जग्गा उपभोगजस्ता समस्यालाई समाधान गर्दै काम गरिरहेको उनको भनाइ छ । 

‘आगामी १० वर्षलाई देश विकास दशक घोषणा गरी वर्तमान ऐन–कानुन व्यापक संशोधन वा प्रतिस्थापन गर्नुपर्र्ने टड्कारो आवश्यकता देखिन्छ । वन क्षेत्रको जग्गा उपभोगलाई सहज बनाउन चालू आवको बजेटमार्फत घोषणा गरिएका कार्यक्रमलाई शीघ्र कार्यान्वयनमा लैजानुपर्छ,’ उनले भने ।

सन् ०५० सम्मको विद्युत् माग धान्ने गरी काठमाडौंलगायतका देशका प्रमुख सहरहरूलाई ११ वटा क्लस्टरमा विभाजन गरी प्रसारण तथा सबस्टेसन संरचनाहरूको गुरुयोजना तयार पारिएको बताउँदै उनले आवश्यक स्रोत जुटाई क्रमिक रूपमा काम गर्दै जाने बताए । साथै, तराई–मधेसका दक्षिण क्षेत्रमा औद्योगिक तथा सहरी क्षेत्र विस्तारलाई ध्यान दिई हुलाकी राजमार्गको आसपासबाट ४००, २२० र १३२ केभी पूर्व–पश्चिम प्रसारणलाइन निर्माण कार्य प्रारम्भ गरिएको पनि उनले बताए । 

प्राधिकरणका अनुसार हाल विभिन्न क्षमताका दुई हजार आठ सय ५२ सर्किट किलोमिटर प्रसारणलाइन निर्माणाधीन छन् । सबैभन्दा बढी एक सय ३२ केभीको एक हजार एक सय ११ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन् । त्यस्तै, २२० र ४०० केभीको क्रमश : नौ सय ८८ र सात सय ५४ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन् । ६ हजार सात सय ५१ सर्किट किलोमिटर निर्माण अगाडि बढाउन प्रस्ताव गरिएको छ । 

ad
ad