मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ ११ सोमबार १७:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेसप्रति न्याय गर्न उद्योग समिति सभापतिबाट पछि हट्यौँ : रास्वपा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ ११ सोमबार १७:१९:००

राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसप्रति न्याय गर्नका लागि आफूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिको उम्मेदवारीबाट पछि हटेको बताएको छ।

सोमबार समितिको सभापतिको उम्मेदवारी फिर्ता लिई जनमत पार्टीका सांसद अब्दुल खानलाई समर्थन गर्दै रास्वपा सांसद गणेश पराजुलीले यस्तो बताएका हुन्। उनले आफ्नो प्रतिस्पर्धा जनमतसँग नभई सत्तागठबन्धनका दलहरूसँग भएको उल्लेख गरे।

‘हाम्रो प्रतिस्पर्धा जनमतसँग थिएन, उहाँको उम्मेदवारसँग हुँदै होइन। सत्ता पक्ष र गठबन्धनले खेलेका भूमिकाप्रति थियो। प्रतिपक्षले लेखा समितिको जिम्मेवारी लिएर दरो रूपमा सरकारलाई खबरदारी गर्नुपर्ने, अरू राजनीतिक दलले सदनमा उपस्थितिको आधारमा समितिको नेतृत्व गर्न पाउनुपर्ने स्वाभाविक प्रक्रिया हो। तर, राजनीतिक भागबन्डाका आधारमा समितिका जिम्मेवारी बाँडफाँट गर्नुभयो। यो दूषित कुरा हो। मधेसीप्रति न्याय गरेका हौँ,’ उनले भने।

सांसद पराजुलीले राजनीतिक भागबन्डाका आधारमा समितिका जिम्मेवारी बाँडफाँट भएकोप्रति असन्तुष्टि व्यक्त गरे।