१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १० आइतबार
  • Saturday, 26 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ १० आइतबार १६:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभामा ‘संविधानअनुसार बन्न बाँकी कानुन अध्ययन प्रतिवेदन २०८०’ पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ १० आइतबार १६:oo:oo

राष्ट्रिय सभामा ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ पेस गरिएको छ। 

राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा विधायक व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले सो विधेयक पेस गरेकी हुन्। 

त्यसैगरी उनले ‘विधायक व्यवस्थापन समितिको निर्देशन, सुझाव कार्यान्वयनको अनुगमन तथा मूल्यांकन अध्ययन प्रतिवेदन, २०८०’ पनि सभामा पेस गरेकी छिन्। सभापति राईले सभाले सो विधेयकमाथि गम्भीर छलफल गरी आवश्यक परिमार्जन गर्ने विश्वाससमेत व्यक्त गरिन्।
 
राष्ट्रिय सभाको अर्को बैठक भदौ १८ गते सोमबार अपराह्न १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ।