१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १२:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गाँजा तस्करी आरोपमा फरार लक्ष्मीप्रसादसहित तीनजना पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १२:२१:oo

गाँजा तस्करीमा लामो समयदेखि प्रहरीको फरार सूचीमा रहेका लक्ष्मीप्रसाद चौधरी पक्राउ परेका छन्।

गाँजा तस्करी परिचित आरोपित महोत्तरी गाउँपालिका– ४ घर भई हाल एकडारा गाउँपालिका– ५ बस्दै आएका ७० वर्षीय लक्ष्मीप्रसाद चौधरीसहित थप दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

गाँजा तस्करीमा फरार अभियुक्त चौधरीलाई समात्न गएको प्रहरी टोलीमाथि आक्रमणको प्रयास भएको थियो। साथै चौधरीलाई नियन्त्रणमुक्त गर्न आर्थिक प्रलोभनसमेत दिइएको थियो। तस्करीको आरोपमा उनका छोरालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। 

चौधरीको स्वामित्वमा रहेको एकडारा गाउँपालिका– ५ गेना बथनाहास्थित कुखुरा फर्मबाट गत २० जेठ ०७७ राति विभिन्न १६ वटा प्लास्टिकको पोका र दुईवटा बोराका झोलामा एक सय ८० किलो गाँजा बरामद गरेको थियो। फर्मका सञ्चालकसमेत रहेका चौधरी सोही वेलादेखि फरार थिए। 

यस्तै १७ मंसिर ०७८ मा सशस्त्र प्रहरीले सोही वडास्थित इँटाभट्टानजिकै बाटोमा घेरा हालेर एक सय एक किलो गाँजा ओसारपसार गर्दै गरेको अवस्थामा एकडारा गाउँपालिका– ३ निवासी राम खेलावन मण्डल, जलेश्वर नगरपालिका– ७ बस्ने सुरेश यादव र एकडारा गाउँपालिका– ५ बस्ने रमेश पासवानलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएको थियो। 

उनीहरूले उक्त गाँजा लक्ष्मीप्रसाद चौधरीको भएको पोल खोलेपछि प्रहरीले चौधरीलाई फरार सूचीमा राखेर उनीमाथि अनुसन्धान अघि बढाएको थियो।

यता गाँजा तस्करीकै आरोपमा प्रहरीले जलेश्वर नगरपालिका– ७ अनकार बस्ने ३१ वर्षीय जगरनाथ दाससमेत पक्राउ परेका छन्। गत ८ जेठ राति प्रहरीले चेकजाँच गर्ने क्रममा बागमती प्रदेश ३–००१–क ०२६९ नं. को ट्रकबाट एक सय पाँच किलो गाँजासहित रामबाबु दास तत्मा पक्राउ परेका थिए। तत्माले बयानका क्रममा उक्त गाँजा जगरनाथ दासको भएको जानकारी दिए। साही वेलादेखि उनी पनि फरार रहँदै आएका थिए। प्रहरीले यही ८ भदौमा उनलाई समेत नियन्त्रणमा लिएको छ।  

महोत्तरीमा विभिन्न जिल्लाबाट आयात हुने र भारत सप्लाई हुने गाँजाको ठूलो बजार चौधरीकै भएको र उनी यस क्षेत्रकै नाम चलेका गाँजा कारोबारी भएको आरोप छ। प्रहरीले चौधरीसँग थप गाँजा हुन सक्ने भन्दै विभिन्न स्थानमा छापा मार्ने कार्य जारी राखेको छ।  

चौधरीलाई समातेर जिल्ला ल्याउन खोज्दा अवरोध गरी प्रहरीमाथि नै आक्रमण गर्ने र आर्थिक प्रलोभन दिने प्रयास गरेको आरोमा उनका छोरामाथि समेत मुद्दा चलाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले बताए। उनले चौधरीमाथि थप मुुद्दा हुन सक्ने भन्दै अनुसन्धान जारी राखिएको छ। चौधरीलाई आइतबार प्रहरीले जिल्ला अदालतमा गाँजा तस्करी फरार अभियुक्तको रूपमा पेस गर्नेछ। 

ad
ad