मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ ९ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ९ शनिबार १७:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामाजिक द्वन्द्व फैलाएर अनियमितता लुकाउने प्रयास भयो : रवि लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ९ शनिबार १७:o५:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाजको सद्भाव खल्बल्याएर अनियमितता लुकाउने प्रयास भइरहेको दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोसी प्रदेशमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको बताएका हुन्। सामाजिक सद्भाव खल्बल्याउने मान्छेलाई आफ्नो सामाजिक सञ्जालबाटै बहिष्कार गर्न लामिछानेले आग्रह गरेका छन्।

‘अहिले पनि कतिपय मानिसहरू प्रश्न सोध्नुहुन्छ, त्यो प्रश्नभित्र नियत बसेको हुन्छ,’ उनले भने, ‘आजै मैले बोलेका कुरा जति बंग्याएर हाले पनि हुन्छ। बंग्याएर, टिंग्याएर, गलत हेडलाइन दिएर जुधाउने, एउटा जाति र अर्को जातिलाई लडाउने अभिव्यक्ति दिने त्यस्ता मिडिया हेर्दा पनि नहेर्नुुस्, त्यस्ता सोसल मिडिया अकाउन्ट भएका मानिसहरू ब्लक गर्नुहोस्। समाजको सद्भाव खल्बल्याउने मान्छेहरू किन ब्लक नगर्ने ?’

सभापति लामिछानेले जातिजातिबीच द्वन्द्व अहिले नरहेको भन्दै सबै एकजुट भई गरिबी, बेरोजगारी र अशिक्षा रुपि शत्रुलाई हटाउनुपर्ने वेला रहेको उल्लेख गरे। कानुनी रूपमा वर्जित काम गर्न नमिल्ने भन्दै उनले एक अर्काको आस्था र विश्वासमा आँच आउने कार्य नगर्नसमेत आग्रह गरेका छन्।