१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ९ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ९ शनिबार १२:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपा संसदीय दलको बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ९ शनिबार १२:४९:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक जारी छ। संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा संसदीय समितिको सभापतिकाे निर्वाचनलगायतका विषयमा छलफल भइरहेकाे छ।

संसदीय समितिको सभापतिका लागि सोमबार निर्वाचन तोकिएको छ। प्रतिनिधिसभाका १० र दुई संयुक्त समितिको सभापतिमा प्रमुख प्रतिपक्षी एमाले र सत्तारुढ पाँच दलबीच भागबन्डा भएको छ । कांग्रेस चार, एमाले तीन, माओवादी दुई, जसपा, एकीकृत समाजवादी र जनमतले एक–एक समिति पाउँदा रास्वपा र राप्रपालाई समेटिएको छैन।

निर्वाचनमा रास्वपाले उम्मेदवारी दिने निर्णय गरिसकेको छ भने राप्रपाले निर्णयका लागि संसदीय दलको बैठक बसिरहेको हाे।