Skip This
८० लाख रुपैयाँसहित पक्राउ परेका पुनलाई सम्पत्ति शुद्धीकरणमा सफाइ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ७ बिहीबार
  • Saturday, 27 July, 2024
शिल्पा कर्ण काठमाडौं
२o८o भदौ ७ बिहीबार २o:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

८० लाख रुपैयाँसहित पक्राउ परेका पुनलाई सम्पत्ति शुद्धीकरणमा सफाइ

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ७ बिहीबार २o:o४:oo

विशेष अदालतले सम्पत्ति शुद्धीकरणका दुई प्रतिवादीलाई सफाइ दिएको छ । बिहीबार न्यायाधीशत्रय यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला गरेको हो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ३ माघ ०७९ मा चित्रबहादुर पुनमगर र ममता बुढाथोकीलाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो । जसमाथि विशेषले दुवैजनामाथि कसुर कायम नहुने फैसला गरेको हो । 

उनीहरूमाथि सम्पत्ति शुद्धीकरणको कसुर पुष्टि नभएको ठहर विशेषको छ । तर, मगरका साथ बरामद ८० लाख रुपैयाँ भने जफत हुने फैसला भएको छ । विशेषले बैंकिङ प्रणालीमार्फत कारोबार नगरेको भन्दै उक्त रकम जफत हुने निर्णय सुनाएको हो । 

बाग्लुङ पाण्डवखानी घर भएका मगरलाई प्रहरीले मधयपुर ठिमी नगरपालिका– १ बाट ३० लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको थियो । बा. ४९प ८५६५ नम्बरको स्कुटरको डिकीमा उक्त रकम भेटिएको थियो भने कोटेश्वरस्थित मगरको कोठामा छापा मार्दा थप ५० लाख नगद फेला परेको थियो । स्कुटरसमेत बुढाथोकीको नाममा दर्ता पाइएको छ । 

स्रोत खुलाउन नसकेको कुल ८० लाख रकम तथा स्कुटर जफत र सम्पत्ति शुद्धीकरण गरेको दाबीसहित सजाय माग्दै मुद्दा दायर भएको थियो । तर, विशेषले आंशिक ठहर हुने फैसला गरेको हो ।