
अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयले जिम्मेवारीबाट हटाएको छ।
सुन तस्करीमा पक्राउ परेका व्यक्तिहरूसँग सम्बन्ध देखिएपछि गृहले उनलाई मन्त्रालय तानेको हो। ६० केजी सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका दावा छिरिङसँग अधिकारीको च्याट बाहिरिएको थियो।
सुन तस्करीमा पनि उनले दावाको समूहलाई सहयोग गरेको आशंकापछि उनलाई हटाइएको गृह मन्त्रालय स्रोतले बताएको छ।