Skip This
ad
धनप्राप्तिका उपाय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:१३:oo

आचार्य चाणक्यले आफ्नो चाणक्य नीतिमा धनप्राप्तिका लागि निम्न उपाय बताएका छन् : पारिवारिक मेल : जुन घरको वातावरण लक्ष्मीको स्वागतका लागि पूर्णतः तयार हुन्छ, त्यस घरमा धनको कमी हुँदैन । जुन घरको वातावरणमा शान्ति हुन्छ, लक्ष्मी सोही घरमा प्रवेश गर्छिन् । परिवारका सदस्यबीच आपसी प्रेम र सद्भाव भएको घरमा मात्र लक्ष्मीको वास हुन्छ । जुन घरमा पति–पत्नीबीच प्रेमपूर्ण सम्बन्ध हुन्छ, लक्ष्मीलाई त्यही घरमा बस्न रमाइलो लाग्छ । परिणामतः उसको घरमा आर्थिक समृद्धिको आगमन हुन्छ । 

मिठो भाषाको प्रयोग :  लक्ष्मी रिसाउनु घरको आर्थिक स्थितिका लागि शुभ हुँदैन । यसबाट घरमा दरिद्रताको आगमन हुन्छ । जसको भाषा कठोर हुन्छ, जसले कटु शब्दको उपयोग गर्छ, उसले अरूका लागि पनि त्यस्तै शब्द या भाषाको प्रयोग गर्छ । त्यस्ता व्यक्तिलाई लक्ष्मीले कहिल्यै विश्वास गर्दिनन् । कटुभाषी मानिसको व्यापारदेखि जागिरसम्म कहीँ कतै कहिल्यै प्रगति हुँदैन । जसको बोली मिठो छ, जसले बोल्दा मधुर शब्दको प्रयोग गर्छ, त्यो व्यक्ति नै आर्थिक रूपमा समृद्ध हुन्छ । त्यसैले आर्थिक समृद्धिका लागि मिष्ठभाषा प्रयोग गर्नु जरुरी छ । 

सहकर्मीसितको सुमधुर सम्बन्ध :  जसले आफ्नो कार्यक्षेत्रका सहकर्मीसित सुमधुर सम्बन्ध बनाउन सक्छ, आर्थिक समृद्धि उसैलाई प्राप्त हुन्छ । सहकर्मीसित सहज तालमेल बनाउन सक्ने र उनीहरूलाई सम्मान गर्ने व्यक्तिदेखि लक्ष्मी खुसी हुन्छिन् । आफ्ना सहकर्मीको अधिकार र हितरक्षामा ध्यान दिने व्यक्तिले कहिल्यै धनहीन हुनुपर्दैन । 

दान दिनमा उदारता :  अभावमा परेकालाई आफ्नो गच्छेअनुसार दान दिनु पुण्यकर्म हो । चाणक्यका अनुसार सम्पन्न मानिसले अभावमा परेका मानिसलाई सहयोग गर्नैपर्छ । अरूलाई सहयोग गर्ने व्यक्तिलाई लक्ष्मीले पनि सहयोग गर्छिन् । अरूलाई सहयोग गर्न कन्जुस्याइँ गर्ने व्यक्तिसित लक्ष्मी पनि रिसाउँछिन् । त्यसैले समृद्धिका लागि अभावमा परेकालाई आआफ्नो गच्छेअनुसार सक्दो सहयोग गर्नुपर्छ ।

ad
ad