Skip This
यौनजन्य दुर्व्यवहारको आरोपमा प्रहरी नियन्त्रणमा रहेका शिक्षकमाथि कुटपिट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ५ मंगलबार
  • Saturday, 27 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o भदौ ५ मंगलबार १३:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यौनजन्य दुर्व्यवहारको आरोपमा प्रहरी नियन्त्रणमा रहेका शिक्षकमाथि कुटपिट

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o भदौ ५ मंगलबार १३:३४:oo

छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका शिक्षकमाथि कुटपिट भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका– १० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षक वीरेन्द्र जोशीले कक्षा १० मा अध्ययनरत एक छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको भन्दै विद्यर्थीहरू आइतबार आन्दोलित भएका थिए। प्रहरीले जोशीलाई हतकडी लगाएर कार्यकक्षबाट बाहिर ल्याउने क्रममा विद्यालयभन्दा बाहिर एक समूहले उनीमाथि निर्धात कुटपिट गरेको हो।

प्रहरी नियन्त्रणमा रहेका व्यक्तिमाथि मरणासन्न हुने गरी कुटपिट गरिएको भन्दै विद्यालय, शिक्षक–शिक्षिका र केही स्थानीयले उक्त कार्यको भर्त्सना गरेका छन्। कसैले आरोप लगाएकै भरमा प्रमाणित नहुँदै कुटपिट भएपछि उनीहरूले सो कार्यको विरोध गरेका हुन्।

विद्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि कुटपिट हुनु निन्दनीय भएको जनाएको छ। विद्यालय हाताभन्दा एक सय ५० मिटर पर रहेको प्रहरीको भ्यानसम्म भिडले लखेटी–लखेटी कुटपिट गर्दासमेत प्रहरी मूकदर्शन बनेको विद्यालयको आरोप छ। विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गरेर दोषीउपर कारबाहीको माग गरिएको छ।

विद्यालयका प्रधानाध्यापक कृष्णसिंह बोहाेराले एक छात्राले आरोप लगाउँदैमा प्रहरी नियन्त्रणमा रहेका शिक्षकमाथि अमानवीय हिसाबले कुटपिट गरेको हुँदा विद्यालयका शिक्षक, कर्मचारीको बैठकले विद्यालयमा पठनपाठनको वातावरण नहुँदासम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए। प्रधानाध्यापक बोहाेराले दुवै घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने बताएका छन्।

घाइते जोशीको महाकाली अस्पतालमा उपचार हुन नसकेपछि धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको बताइएको छ।