१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २ शनिबार
  • Friday, 09 May, 2025
२o८o भदौ २ शनिबार १९:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुफाल विमानस्थल एक महिना बन्द गर्न सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २ शनिबार १९:१o:oo

डोल्पामा रहेको जुफाल विमानस्थल एक महिना बन्द गर्न सिफारिस गरिएको छ। शनिबार जिल्लास्थित सरोकारवाला पक्षहरूले विमानस्थलको स्थलगत अनुगमन गरेपछि नागरिक उड्डयन प्राधिकरण काठमाडौंलाई त्यस्तो सिफारिस गरेको हो। 

विमानस्थलको धावनमार्ग असुरक्षित भएको गुनासो पाइलटहरूबाट बारम्बार आएपछि स्तरोन्नति गर्न विमानस्थल बन्द गर्न लागिएको नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख अमित चौरासियाले जानकारी दिए।

विमानस्थल स्तरोन्नतिका लागि बोलपत्र आह्वान भएर निर्माण कम्पनीले जिम्मा पाइसकेकाले १० भदौदेखि १० असोजसम्म बन्द गर्न सिफारिस गरिएको उनले बताए।

जुफाल विमानस्थल डोल्पालीका लागि यातायातको एक मात्र भरपर्दो माध्यम हो। 

स्थलगत अनुगमनमा विमानस्थलका प्रमुख अमित चौरसिया, ठूलीभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवाली, सशस्त्र प्रहरी नायब उपरीक्षक लीलाबहादुर कार्की, प्रमुख अनुसन्धान अधिकृत मेघराज कँडेललगायत एयरलाइन्सका प्रमुख तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

विमानस्थलको एक सय पचासी मिटर धावनमार्ग स्तरोन्नति गर्नुपर्नेछ। त्यसको लागि आजीवन मरिन तामाङ जेभी धादिङले ६ करोड रुपैयाँमा सम्झौता गरेको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिए।