१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३२ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ३२ बिहीबार १३:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णालीमा कुनै पूर्वाग्रह राखेर हवाई उडान प्रतिबन्ध गरिएको होइन : प्राधिकरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ३२ बिहीबार १३:५३:oo

नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णालीमा मनसुन अवधिका लागि प्रतिबन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको बताएको छ। प्राधिकरणले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकाेप्टर वा जहाजहरू पहाडमा ठोक्किएर धेरै दुर्घटना भएको कारण हवाई सुरक्षा नीतिअनुसार मनसुन अवधिभरका लागि प्रतिबन्ध लगाएको स्पष्ट पारेको हो। 

प्राधिकरणले कर्णालीका विमानस्थलहरूमा पूर्ण रूपमा हवाई उडान प्रतिबन्ध लगाएको नभएर बढी हावा चल्ने समय १२ बजेपछि उडान गर्न नदिएको जानकारी दिएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकाेप्टर वा जहाजहरू पहाडमा ठोक्किएर धेरै दुर्घटना हुने गरेकाले दुर्घटना न्यूनीकरण गर्नका लागि यस्तो निर्णय गरेको बताए।

विमानस्थलहरूलाई आइएफआर नबनाउँदासम्म मनसुन अवधिमा तोकेको अवधिमा मात्रै उडान गर्ने साउन १९ गते प्राधिकरणले निर्णय गरेको थियो। सूचना अधिकारी भुलले जल तथा मौसम विज्ञान विभागको अध्ययन र विमानस्थल निर्देशिका, २०७९ अनुसार बिहानको समय उडान भर्ने र अन्य समयमा उडान गर्दा साँझ हुँदा पाइलटहरूलाई काठमाडौं, नेपालगन्ज फर्कन हतार हुने र हतारमा उडानको सुरक्षा कमी हुने गरेको बताए। मनाङ एयरको विमान दुर्घटना भएपछि प्राधिकरणले मनसुन अवधिभरका लागि मात्रै उडान बन्द गरेको न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले प्रस्ट पारे।

‘विमानस्थल बन्द गरेको होइन । नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान गरेको हवाई क्षेत्र र हिमाली पर्यटन छ । हिमाली पर्यटन भनेको माउन्टेन हवाई उडान हो । माउन्टेन उडानलाई नेपालले विश्वमा बदनाम हुनबाट जोगाउन हवाई दुर्घटना न्यूनीकरण हुनुपर्छ । यसका लागि हवाई सुरक्षाका नियमहरू लागू गर्नुपर्छ । भिएफआर र आइएफआरका नियमहरू कडाइका साथ लागू गर्नुपर्छ । यो निर्णय कुनै क्षेत्र र जनतालाई आग्रह–पूर्वाग्रह राखेर गरेको निर्णय होइन,’ उनले भने।

प्राधिकरणको निर्णयका करण एक सातदेखि कर्णाली क्षेत्रमा हवाई सेवा ठप्प छ। अस्पतालले रिफर गरेर पनि हवाईजहाज र हेलिकाेप्टर नजाँदा हुम्लामा चार बालबालिकाको मृत्युसमेत भएको छ।