Skip This
विश्वकप खेल्न स्टोक्सले सन्न्यास फिर्ता लिए
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
लन्डन
२o८१ बैशाख २७ बिहीबार o९:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

विश्वकप खेल्न स्टोक्सले सन्न्यास फिर्ता लिए

Read Time : > 1 मिनेट
लन्डन
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o९:१८:oo

प्रशिक्षक  म्याथ्यु र इंग्ल्यान्ड क्रिकेट बोर्डको आग्रहमा गत वर्षको जुलाईमा सन्न्यास लिएका स्टोक्सले निर्णय परिवर्तन गरे

अलराउन्डर बेन स्टोक्सले भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता खेल्न सन्न्यास फिर्ता लिएका छन् । गत वर्षको जुलाईमा स्टोक्सले एकदिवसीय करिअरबाट सन्न्यास घोषणा गरेका थिए । इंग्लिस टोलीका प्रशिक्षक म्याथ्यु मोटले मंगलबार बिबिसीसँगको अन्तर्वार्तामा विश्वकपमा उत्कृष्ट नतिजा निकाल्न अलराउन्डर स्टोक्सको आवश्यकता रहेको जनाएका थिए । प्रशिक्षक र इंग्ल्यान्ड क्रिकेट बोर्डको चाहनाअनुसारै स्टोक्सले बुधबारै एक वर्षअगाडि लिएको निर्णय फिर्ता लिएका छन् । इंग्ल्यान्ड एकदिवसीय विश्वकपको साबिक विजेता हो । 

सन् २०११ मा आयरल्यान्डविरुद्ध डेब्यु गरेका अलराउन्डर स्टोक्सले इंग्ल्यान्डका लागि एक सय पाँच खेल खेल्दै दुई हजार ९ सय २४ रन बनाएका छन् । उनले एकदिवसीयमा ७४ विकेट लिएका छन् । 

इंग्ल्यान्डले जोस बटलरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । यस टोलीमा स्टोक्सले समेत स्थान बनाएका छन् । यसैबीच, गत विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका जोफ्रा आचर भने टोलीमा छैनन् । ‘स्टोक्स मैदान फर्कन निकै उत्साहित छन्, हामी पनि उनलाई चाहन्छौँ,’ इंग्ल्यान्ड छनोट कमिटीका संयोजक लुक राइट भन्छन् । १३औँ एकदिवसीय विश्वकप ५ अक्टोबरदेखि १९ नोभेम्बरसम्म भारतका विभिन्न सहरमा आयोजना हुँदै छ ।

उपाधि रक्षा गर्न अलराउन्डर र अनुभवी खेलाडी आवश्यक हुँदा प्रशिक्षक म्याथ्युले स्टोक्स टोलीमा समावेश गराउने प्रतिक्रिया दिएका छन् । उनलाई टोलीमा ल्याउन प्रशिक्षक म्याटले उनका नजिकका साथीहरूसँग छलफल गरिरहेका छन् । यसै महिना अस्ट्रेलियाविरुद्धका एसेज सिरिजमा स्टोक्सको प्रदर्शन अब्बल थियो । विशेष गरी उनी ब्याटिङमा चम्केका थिए । टेस्ट फम्र्याट भए पनि स्टोक्सले एकदिवसीय शैलीमै ब्याटिङ गरेका थिए । सबैभन्दा राम्रो पक्ष भनेको उनी अहिले फर्ममा छन् । 

एसेजमा ब्याटिङ प्रदर्शनबाट प्रभावित 
फर्ममा रहेका खेलाडीलाई समावेश गर्दा इंग्लिस टोलीको मध्यक्रमसँगै बलिङ पक्षसमेत बलियो हुने प्रशिक्षक म्याथ्युको भनाइ छ । ‘हामीलाई यति वेला विश्वकप उपाधि रक्षा गर्न अनुभवी खेलाडी आवश्यक छ,’ उनले भने, ‘स्टोक्सजस्ता अनुभवी र फर्ममा रहेका खेलाडी टोलीमा रहँदा थप ऊर्जा मिल्ने विश्वास छ ।’ एसेजमा स्टोक्सले उत्कृष्ट लयमा ब्याटिङ गरी चार सय पाँच रन बनाएका थिए । उनले एक टेस्टमा एक सय ५५ रनको इनिङ्स खेलेका थिए । स्टोक्सलाई घुँडाको समस्या छ ।

यही समस्याका कारण उनले इन्डियन प्रिमियर लिग (आइपिएल) पनि खेल्न पाएनन् । एसेजमा उनले २९ ओभर मात्र बलिङमा तीन विकेट पनि लिएका थिए ।प्रशिक्षक म्याथ्युले स्टोक्सको प्रशंसा पनि गरेका छन् । ‘उनको ब्याटिङ अझै लयमा छ । त्यसको पछिल्लो उदाहरण एसेज हो,’ उनले भने, ‘उनको आगमनपछि हामीहरूको टोली बलियो भएको छ ।’ उनी विश्वकपको फाइनलमा म्यान अफ दी म्याच घोषित भएका थिए । न्युजिल्यान्डविरुद्धको फाइनलमा उनले नटआउट ८४ रन बनाएका थिए । 

ad
ad