१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १९ मंगलबार १४:४७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

अन्तर्राष्ट्रियस्तरको ‘द लन्डन कलेज’ सञ्चालनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार १४:४७:oo

दशकभन्दा लामो शैक्षिक इतिहास बोकेको आइएसएमटी ग्रुप अफ कलेजले ‘द लन्डन कलेज’ तीनकुनेमा सञ्चालनमा ल्याएको छ।

युनिभर्सिटी अफ सन्डरल्यान्ड युकेको सम्बन्धनमा नेपालका विभिन्न मुख्य–मुख्य सहरहरूमा विश्वस्तरीय कलेजहरू सञ्चालन गर्दै आएको यो समूहले युकेकै अर्को बहुचर्चित विश्वविद्यालय ‘युनिभर्सिटी अफ इस्ट लन्डन’बाट सम्बन्धन लिएर ‘द लन्डन कलेज’ सञ्चालनमा ल्याएको हो। 

काठमाडौंको तीनकुनेमा अवस्थित द लन्डन कलेजले बिएस्सी अनर्स कम्प्युटर साइन्समा ‘जनवरी इन्टेक’का लागि भर्ना सुरु गरेको छ। यस्तै, बिएस्सी अनर्स कम्प्युटर साइन्समा अहिलेको नेपाली बजारको मागअनुसार अन्तर्राष्ट्रियस्तरको जनशक्ति उत्पादन गर्ने कलेजको दाबी छ। 

के छ फरक ?

द लन्डन कलेजको पठनशैली नवीनतम प्रविधिबाट सिर्जनात्मक किसिमले हुनेछ। बजारमा के–कस्तो सीप भएको जनशक्तिको माग भइरहेको छ भन्ने अध्ययन गरेर यसको पाठ्यक्रम तयार गरिएको छ। 

कलेजले विद्यार्थीको ‘वेल विइङ र वेल फिलिङ’मा विशेष ध्यान दिने र आधुनिक प्रणालीबाट विद्यार्थीको मूल्यांकन हुने क्याम्पसकी प्रबन्ध–निर्देशक सविता पाठकले बताइन्। 

उनका अनुसार कलेजले दिने ज्ञान, सीपबाहेक श्रमबजारमा जाँदा चाहिने अन्य आवश्यक सबै सीपसहितको दक्ष जनशक्ति उत्पादन हुन्छ । त्यसका लागि विभिन्न उद्योगहरूसँगको सहकार्य हुनेछ। विद्यार्थी संसारको जहाँ गए पनि यहाँको शैक्षिक प्रमाणपत्रको ‘रिकग्निसन भ्यालु’ उच्च हुन्छ। 

के छ सुविधा ?

विश्वको उत्कृष्ट विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले नेपाली विद्यार्थीलाई नेपालमा नै बसेर सुलभ शुल्कमा अन्तर्राष्ट्रियस्तरको सुविधासहितको शिक्षा प्रदान गर्ने कलेजकाे दाबी छ। 

विद्यार्थीलाई एकोहोरो पाठ्यक्रम सम्बन्धित पठनपाठनबाट दिक्क नहोस् भन्नका लागि अतिरिक्त क्रियाकलापका लागि ‘रिफ्रेसमेन्ट सेन्टर’हरू छन्। जसमा संगीतका लागि गिटारको उपलब्धता, जिम सेन्टर, पुल हाउस, क्याफेलगायतको सुविधा प्राप्त गर्नेछन्। 

साथै, विद्यार्थीको मनोपरामर्शका लागि आवश्यकताअनुसार परामर्शकर्ताहरूको उपलब्धता रहने प्रबन्ध–निर्देशक पाठक बताउँछिन्। उनी भन्छिन्, ‘विदेशी विश्वविद्यालयहरूले गुणस्तरीय जनशक्ति उत्पादन गर्न विद्यार्थीका लागि जे–जस्ता सेवा, सुविधाहरू दिइरहेका छन् हामी पनि त्यही सेवा, सुविधा दिने प्रयत्नमा छौँ।’ 

विशेष छात्रवृत्तिको व्यवस्था

कलेजले विद्यार्थीका लागि विशेष खालको छात्रवृत्ति सुविधा राखेको छ। कक्षा १२ मा उत्कृष्ट अंक ल्याएका, निम्नमध्यम वर्गका उत्कृष्ट विद्यार्थी, कुनै विशेष क्षेत्रमा उत्कृष्ट प्रस्तुति दिइरहेका विद्यार्थी, राष्ट्रलाई विभिन्न रूपमा योगदान गरिरहेका (खेलाडी, एथलेट)लगायत विभिन्न क्षेत्रलाई समेटेर विशेष छात्रवृत्ति प्रदान गर्छ।