१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३० मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ३० मंगलबार १२:o१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईका ग्राहकलाई मेट्रो मार्टमा क्युआर पेमेन्ट गर्दा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ३० मंगलबार १२:o१:oo

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले मेट्रो मार्टका काठमाडौं उपत्यकाभित्रका स्टोरहरूमा छुट पाउने भएका छन् । ग्राहकले मेट्रो मार्टमा खरिद गरेको सामानको भुक्तानी क्युआर पेमेन्टमार्फत गर्दा छुट पाउने सम्झौता भएको हो ।  

योजनाअनुसार ग्लोबल आइएमई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’बाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने जनाइएको छ । एकपटकको खरिदमा बढीमा दुई सय रुपैयाँसम्म र योजना अवधिभर बढीमा पाँच सय रुपैयाँसम्म छुट पाइने बैंकले जनाएको छ । 

योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोलामा रहेका स्टोरहरूमा लागू हुने जनाइएको छ । हाल बैंकले देशका ७७ वटै जिल्लामा तीन सय ५९ शाखा, तीन सय ६७ एटिएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।