मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण २९ सोमबार १५:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् ‘हाइज्याक’ भयो, हाम्रो कुरा राख्न पाउनुपर्छ : रवि लामिछाने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण २९ सोमबार १५:२७:००

प्रतिनिधिसभा बैठकमा बोल्न नपाएपछि रास्वपाले उठेर विरोध जनाएको छ।रास्वपा सभापति रवि लामिछानेले संसद् हाइज्याक भएको बताएका हुन्। उनले यो संसद् सबैको भएको र सबैले कुरा राख्न पाउनुपर्छ भन्दै विरोध जनाए।   

सभामुखले कांग्रेसका सुनील शर्मा र एमालेका मानवीर राईलाई बोल्न दिएर सभामुखले सीधै शून्य समयमा लान खोजेपछि एमाले नाराबाजी उत्रियो भने रास्वपाले संसद् हाइज्याक भएको भन्दै विरोध गरेको हो।  

रवि लामिछाने र विराजभक्त श्रेष्ठले माइक समातेर समय मागे पनि सभामुखले समय दिएनन्। बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भयो। अर्को बैठक भदाै ३ गते बस्नेछ।