१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १४:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गोरखामा बरामद चम्किलो ढुंगा ‘क्वार्ज क्रिस्टल’ भएको प्रमाणित

विभागलाई बुझाइदिन पत्राचार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १४:१५:oo

गोरखा प्रहरीले बरामद गरेको चम्किलो ढुंगा क्वार्ज क्रिस्टल भएको प्रमाणित भएको छ। खानी तथा भूगर्भ विभागका भूगर्भविद्को समूहले दुई दिन लगाएर गरेको अध्ययनबाट सो ढुंगा क्वार्ज क्रिस्टल भएको प्रमाणित भएको हो। 

विभागकी भूगर्भविद् डाक्टर सुस्मिता भण्डारीले बुधबार गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र एसपी अनुपम श्रेष्ठलाई नमुना परीक्षणबारेको जानकारी पत्र बुझाएका थिए। 

विभागको टोलीले ढुंगाको नापतौल लिनुका साथै यसको अन्य विभिन्न प्राविधिक पक्षबारे पनि परिक्षण गरिएको र उक्त ढुंगा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर प्रमाणित भएको प्रजिअ भुसालले बताए। 

उनका अनुसार अध्ययन टोलीले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको पत्रमा उक्त ढुंगा खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि भनिएको छ। खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन तथा संकलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमा उल्लेख गरिएको छ।

संसारभरका धातुलाई कडापनका आधारमा १० समूहमा वर्गीकरण गर्ने गरिएको उक्त कडापनका आधारमा उक्त चट्टान साऔँ नम्बरमा रहेको उनले जानकारी दिए। उनका कडापनका आधारमा हिरा १०औँ नम्बरमा पर्छ। उक्त क्वार्ज क्रिस्टल  मुख्य रूपमा गरगहना बनाउन, सजावटका सामग्री बनाउन प्रयोग हुने गरेको विभागको टोलीले बताएको छ। 

प्रहरीले गोरखा नगरपालिका– ७ सतिपिपलको एक घरबाट उक्त ढुंगा गत असार १४ गते बरामद गरेको हो। लाखौँ रुपैयाँमा खरिद–बिक्रीका लागि मोलमोलाई भइरहेको सूचनाका आधारमा प्रहरी उक्त ढुंगा घरबाट छापा मारेर बरामद गरिएको हो। उक्त ढुंगाको तौल ५४ केजी छ। 

प्रहरीले बरामद गरेको ढुंगा परीक्षणका लागि विभागमै लाने चर्चा थियो। तर, स्थानीयले विरोध गरेपछि प्रशासनको समन्वयमा विभागको टोली जिल्लामा बोलाइएको हो। उक्त ढुंगामा धार्मिक आस्था जोडिएकाले जिल्लावासीले गोरखा दरबार वा गोरखा संग्रहालयमा राख्नुपर्ने माग गर्दै आएका छन्। 
 

ad
ad