Skip This
आमाको दाहसंस्कारमा पनि आउन दिइएन थुनुवालाई 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २३ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o श्रावण २३ मंगलबार १४:५१:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

आमाको दाहसंस्कारमा पनि आउन दिइएन थुनुवालाई 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २३ मंगलबार १४:५१:oo

सिराहाको नरहा गाउँपालिका– ५ बलवा गाउँकी करिब ८० वर्षीया निरशीदेवी यादवको आइतबार अपराह्न निधन भएपछि परिवारजनले सदगत गर्न जेठो छोरा ५५ वर्षीय रामवचन यादव आउने प्रतीक्षामा करिब २४ घन्टाभन्दा बढी शव राखेर पर्खिए।

परिवारजन, आफन्त, नातेदार, अधिकारकर्मीहरूले कम्तीमा आमाको सदगतका लागि भए पनि जान दिइनुपर्ने माग गरे पनि स्थानीय प्रशासनले बेवास्ता गरेपछि यादवको सोमबार राति बलवा गाउँको नर्सरीमा दाहसंस्कार गरिएको छ। 

शरीर बन्धक तथा अपरहण मुद्दाको सोमबार पेसी तोकिएका यादवलाई बैंकिङ कसुरको अर्को मुद्दामा दाहसंस्कारका लागि समेत घर आउन नदिइएपछि आमालाई आफैँले दागबत्ती दिनुका साथै दाहसंस्कार गरेको उनका कान्छा भाइ दुखमोचन यादवले बताए। 

‘मुद्दा विचारधीन नै भए पनि दाजुलाई प्रहरीले दाहसंस्कारका लागि ल्याउँछन् भन्ने ठानेर २४ घन्टाभन्दा बढी शव घरमै राखेर कुर्‍याैँ,’ उनले भने, ‘तर, प्रहरीले आउनै नदिएको थाहा पाएपछि बाध्य भएर सोमबार राति दाहसंस्कार गरी किरियामा बसेको छु।’ 

सप्तरीको बोदेबरसाइनस्थित कृषि विकास बैंक प्रबन्धक भएकै वेला अपरहण तथा शरीर बन्धक मुद्दामा मुछिएपछि निलम्बनमा परेका रामवचन ६७ दिन थुनामा रहेर ३ साउनमा धरौटीमा छुटेर घर आएका थिए। 

सोमबार पेसीका लागि जाने सुनेको जानकारी दिँदै उनले भने, ‘वृद्धावस्थाकी आमा शारीरिक रूपले पनि कमजोर नै हुनुहुन्थ्यो, जेठो छोरा फेरि पक्राउ परेको सुनेपछि चिन्ता र तनावले नै निधन भयो।’

स्थानीय प्रशासनको बेवास्ता

बैंकिङ कसुरको मुद्दामा सप्तरीको राजविराजस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका रामवचनलाई दिवंगत आमाको दाहसंस्कारमा जान दिन माग गर्दै बलवाका करिब सयजना गाउँले तथा छिमेकी जिल्ला प्रहरी कार्यालयको गेटमा सोमबार राति अबेरसम्म धर्नासहित नाराबाजी गरे पनि प्रहरीले बेवास्ता गर्‍याे। 

धार्मिक परम्पराअनुसार दाहसंस्कार र किरिया बस्नका लागि प्रहरीसहित गाउँ जान दिइनुपर्ने माग गर्दै आएका गाउँलेले त्यसका लागि वडा कार्यालयबाट सहयोगको सिफारिस र मृत्यु भएको प्रमाणसमेत लगेका थिए। 

‘धार्मिक परम्पराअनुसार मृत्यु संस्कार गर्न पाउने कानुनी अधिकार भए पनि जिल्ला प्रहरी उपरीक्षक नरेन्द्र कार्कीलाई गुहार्‍याैँ,’ मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिकी केन्द्रीय सदस्यसमेत रहेकी गोलबजारकी पुनमकुमारी महतोले भनिन्, ‘प्रहरी उपरीक्षकले एक घन्टामा आउँछु भन्दै साँझसम्म पर्खाएर राखे, तर आएनन्।’ 

अपरहण र बैंकिङ कसुरको मुद्दा

सिराहा जिल्ला अदालतमा शरीर बन्धक तथा अपहरणको मुद्दा विचाराधीन रहेकै अवस्थामा सप्तरी जिल्ला अदालतमा यादव विरुद्ध बैंकिङ कसुरको अर्को मुद्दा दर्ता भएपछि स्थानीय प्रहरीले झुक्याएर शनिबार बिहान राजविराज पुर्‍याएपछि नियन्त्रणमा लिई आइतबार अदालतमा म्याद थप गर्न लगिएपछि मात्र थाहा पाएको उनले बताए।  

सिराहाको मिर्चैया नगरपालिका– २ मल्हनियामा रामवचनका २६ वर्षीय छोरा सुनील यादवले कृषि फर्म खोलेर केरा खेती गर्दै आएका थिए। कृषि फर्म विस्तार गर्न काठमाडौंमा बस्दै आएका सिरहााका मुन्ना भनिने महेन्द्र साह रौनियारको मध्यस्थतामा काठमाडौं बुढानीलकण्ठका ५२ वर्षीय सूर्यबहादुर घिमिरेबाट ५० लाख रुपैयाँ ऋण लिन लगाएको सुनीलले बताए। 

कृषि फर्म विस्तारपछि राम्रो आम्दानी हुन्छ भन्दै घिमिरेले करिब ६ महिनासम्म सम्पर्क गर्दै आएको सुनाउँदै घिमिरेले बैंक ग्यारेन्टी, जग्गा धितोको कुरा गर्न थालेपछि ऋणबारे रामवचनले थाहा पाएको सुनीलका आफन्त मनोज यादवले बताए। 

उनका अनुसार मिटरब्याजमा ऋण लगाउँदै आएका घिमिरेविरुद्ध जिल्ला प्रशासन कार्यालय सिराहामा उजुरी परेको भए पनि स्थानीय प्रशासनले बेवास्ता गर्दै आएको छ। 

अपहरणको मुद्दाको सोमबार तोकिएको पेसीमा आरोप लगाउने पक्षका साक्षी बस्न कोही नभेटिएको र रामवचन निर्दोष साबित हुने भएपछि सुनीलबाट बैंकको चेक हात पारी सप्तरी जिल्ला अदालतमा बैंकिङ कसुरको मुद्दा लगाएको उनले बताए। 

‘सुनीलले लिएकोमध्ये केही रकम फिर्ता गरी बाँकी रकम दुई महिनाभित्र फिर्ता गर्ने सहमति थियो, तर जबर्जस्ती मुद्दा लगाइयो,’ छोराले गरेको लेनदेनको विषयमा लहानस्थित एक होटलमा घिमिरेसँग भएको विवादपछि मिलापत्र भए पनि घिमिरेले अपहरणको मुद्दा लगाएको उनले सुनाए।